नियम २९
जीवनाशक विषादीको नमूना सङ्कलन र विश्लेषण
(१) कुनै जीवनाशक विषादीको प्रभावकारिताका सम्बन्धमा कसैबाट गुनासो प्राप्त भएमा वा निरीक्षक, केन्द्र वा समितिले कुनै जीवनाशक विषादीको गुणस्तर परीक्षण गराउन आवश्यक देखेमा ऐनको दफा २६ बमोजिम नमूना सङ्कलन गर्न वा गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको नमूना सङ्कलन गर्दा अनुसूची-१६ बमोजिमको ढाँचामा परीक्षण फाराम तयार गरी प्रयोगशालामा परीक्षण गर्न आवश्यक मात्रामा बेग्ला बेग्लै तीनवटा नमूना सङ्कलन गरी त्यसलाई खाम, थैली वा बट्टामा राखी सिलबन्दी गरी एउटा नमूना ऐनको दफा २७ बमोजिम मान्यता प्राप्त प्रयोगशालामा गुणस्तर परीक्षण वा विश्लेषणको लागि पठाई अर्को नमूना केन्द्र, समिति वा निरीक्षकको कार्यालयमा र तेस्रो नमूना सम्बन्धित व्यवसायीकोमा सुरक्षित राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम नमूना सङ्कलन गर्दा जीवनाशक विषादीको परल मूल्य सम्बन्धित जीवनाशक विषादीको धनी वा बिक्रेतालाई तिर्नु पर्नेछ ।
(४) जीवनाशंक विषादीको नमूना राखिएको खाम, थैली वा बट्टामा जीवनाशक विषादीको धनी वा बिक्रेताको र नमूना लिने विषादी निरीक्षकको समेत सहीछाप गराउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम जीवनाशक विषादीको नमूना राखिएको -खाम, थैली वा बट्टामा जीवनाशक विषादीको धनी वा बिक्रेताले सहीछाप गर्न नमानेमा नमूना सङ्कलन गर्ने/कर्मचारीले सोही व्यहोरा त्यस्तो खाम, थैली वा बट्टामा जनाई दस्तखत गर्नु पर्नेछ।
(६) उपनियम (२) बमोजिम प्राप्त नमूना प्रयोगशालाले परीक्षण तथा विश्लेषण गरी त्यस्तो नमूना प्राप्त भएको मितिले तीस दिनभित्र नमूना पठाउने केन्द्र, समिति वा निरीक्षकलाई प्रतिवेदन दिनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम प्राप्त प्रतिवेदनबाट जीवनाशक विषादी पञ्जीकरण गर्दा उल्लेख गरिएको गुणस्तरभन्दा कम गुणस्तरको देखिएमा सो जीवनाशक विषादी नियन्त्रणमा लिई यस ऐन बमोजिम कारबाही गर्नु पर्नेछ।